तरुण खबर
२७ असार २०८२, शुक्रबार ११:५४
काठमाडाैं, २७ असार । नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशक पदमा बढुवा हुनुभएको छ। मानव संसाधन व्यवस्थापन विभागले उहाँलाई आगामी कार्यकालका लागि कार्यकारी निर्देशकको महत्वपूर्ण जिम्मेवारी दिएको हो।
राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को आधारमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा अधिकारीले बढुवा पाएकाे हो। विगत १८ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत अधिकारीले बैंकका विभिन्न महत्त्वपूर्ण विभागहरूमा सफलतापूर्वक सेवा पुर्याएका छन्।
नेपाल राष्ट्र बैंकमा नयाँ नेतृत्वको आवश्यकता र संस्थाको कार्यक्षमतामा सुधारका लागि यो बढुवालाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अधिकारीको लामो अनुभव र दक्षताले बैंकका रणनीतिक निर्णयहरूलाई अझ सशक्त र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।


