तरुण खबर
२७ असार २०८२, शुक्रबार १२:२४
काठमाडौं उपत्यकामा अनावश्यक हर्न बजाउने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ। ध्वनी प्रदूषणले बृद्ध, बालबालिका र सर्वसाधारणमा गम्भीर असर पार्ने भन्दै ट्राफिकले हर्न प्रयोग नगर्न चेतावनी दिएको हो। अब अत्यावश्यक अवस्था बाहेक हर्न बजाएमा सवारी ऐन २०४९ को दफा १६४ (१) ३ अनुसार कारबाही गरिनेछ। नो हर्न नीति २०७४ सालदेखि लागू भइरहेको छ।


