एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धानबाट दुई महत्त्वपूर्ण कुरा खुलासा

एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धानबाट दुई महत्त्वपूर्ण कुरा खुलासा तरुण खबर २८ असार २०८२, शनिबार १२:३९
एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धानबाट दुई महत्त्वपूर्ण कुरा खुलासा

अनुसन्धानकर्ताहरूले एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टबाट दुई महत्त्वपूर्ण कुरा खुलासा गरेका छन्।

पहिलो कुरा के हो भने उडेको केही सेकेन्डपछि विमानका दुवै इन्जिनका इन्धन कट-अफ स्विच रनबाट कट-अफ पोजिसनमा सरेका थिए, जसका कारण विमान अचानक १८० नटको गतिमा रोकियो।

ककपिटको भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कालाई इन्जिन किन बन्द गरेको भनेर सोधे तर जवाफ गरेको छैन भन्ने आयो।

अनुसन्धान प्रतिवेदनबारे एयर इन्डियाको प्रतिक्रिया

एयर इन्डियाले अनुसन्धान प्रतिवेदनबारे विज्ञप्ति जारी गरेको छ।

उसले दुर्घटनापीडित परिवारका पक्षमा उभिएकोु र अनुसन्धान एजेन्सीहरूलाई पूर्ण रूपमा सहयोग गरिरहेको बताएको छ।

विज्ञप्तिमा रिपोर्टका विवरणबारे कुनै टिप्पणी गरिएको छैन।

विज्ञप्तिमा भनिएको छ, ‘एयर इन्डिया एआई१७१ दुर्घटनाबाट पीडित परिवारहरूको साथमा छ। हामी यो दुस्खद घटनाले शोकमा छौँ र सबै सम्भावित सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ। हामी १२ जुलाई २०२५ मा विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) द्वारा जारी गरिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको पुष्टि गर्छौं।’

उनले अगाडि भनेको छ, ‘एयर इन्डियाले नियामकहरूसहित सबै सम्बन्धित पक्षहरूसँग नजिकबाट काम गरिरहेको छ।