तरुण खबर
२९ असार २०८२, आईतवार १२:०९
कुल निष्कासनमध्ये १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख कित्ता सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ । १० वर्षे अवधि तथा वार्षिक ७.५ प्रतिशत ब्याज पाइने यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते हुनेछ । लगानीकर्ताले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


