गुह्येश्वरी मर्चेन्ट बैंकिङ र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच सम्झौता

गुह्येश्वरी मर्चेन्ट बैंकिङ र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच सम्झौता तरुण खबर २९ असार २०८२, आईतवार २३:४५
गुह्येश्वरी मर्चेन्ट बैंकिङ र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच सम्झौता

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेमा आबद्ध हुनेबारे सम्झौता भएको छ ।

सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । हनसिएचएलले बैंक, वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड जारी र प्राप्तिका डागि आफ्नो स्विच एकीकृत गर्न आग्रह गरेको थियो । त्यससँगै बैंक, वित्तीय संस्था नेपाल पेमा आबद्ध भइरहेका छन् । पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् गुह्येश्वरी मर्चेन्टका ग्राहकले कार्ड इस्यु गर्न सक्नेछन् ।