प्रतिनिधि सभामा आज प्रश्नोत्तर सत्र र विधेयक प्रस्तुतिका लागि तयारी: सांसदहरूले विभिन्न मन्त्रालयका जवाफ सुन्ने

प्रतिनिधि सभामा आज प्रश्नोत्तर सत्र र विधेयक प्रस्तुतिका लागि तयारी: सांसदहरूले विभिन्न मन्त्रालयका जवाफ सुन्ने तरुण खबर ३० असार २०८२, सोमबार १२:२६
प्रतिनिधि सभामा आज प्रश्नोत्तर सत्र र विधेयक प्रस्तुतिका लागि तयारी: सांसदहरूले विभिन्न मन्त्रालयका जवाफ सुन्ने

काठमाडाैं, ३० असार । सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। यस बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यसूची राखिएको छ, जसले सांसदहरूलाई सार्वजनिक सरोकारका विषयमा सम्बन्धित मन्त्रीहरूबाट प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गर्नेछ।

आजको बैठकमा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको विवरण सभामुखले पढेर सुनाउने कार्यक्रम पनि रहेको छ।

बैठकको सम्भावित कार्यसूचीमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बुँदा पनि समावेश छ।