प्रधानमन्त्री ओलीद्वारा त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन: ‘निरोगी नेपाल’ को नारा साकार पार्न सरकार प्रतिबद्ध

प्रधानमन्त्री ओलीद्वारा त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन: ‘निरोगी नेपाल’ को नारा साकार पार्न सरकार प्रतिबद्ध तरुण खबर ३० असार २०८२, सोमबार १३:२४
प्रधानमन्त्री ओलीद्वारा त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन: ‘निरोगी नेपाल’ को नारा साकार पार्न सरकार प्रतिबद्ध

काठमाडाैं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नवनिर्मित विस्तारित सेवा भवनको उद्घाटन गरेका छन्। भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशको अवसरमा आयोजित एक विशेष कार्यक्रममा गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’ को नाराका साथ काम गरिरहेको बताए। उनले सकेसम्म कोही बिरामी नहुन् भनेर आहार, विहार र आराममा ध्यान दिनुपर्ने र यदि कोही बिरामी परिहालेमा उनीहरूलाई गुणस्तरीय र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले दुःख गरेर धन आर्जन गरी सामाजिक काममा दान गर्ने भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको खुलेर प्रशंसा पनि गरे। यस किसिमको परोपकारी कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।