तरुण खबर
३० असार २०८२, सोमबार १३:२९
काठमाडाैं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले एक वर्ष पूरा गर्नै लाग्दा देशका प्रमुख आर्थिक सूचकहरूमा उत्साहजनक सुधार देखिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सरकारको वार्षिकोत्सवको अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासका परियोजनाहरूले गति लिएको बताए।
प्रधानमन्त्री ओलीले वर्तमान प्रशासनले काममा समय सीमा निर्धारण गर्ने र ठोस परिणाम माग गर्ने संस्कृतिलाई बढावा दिएकोमा जोड दिए। उनले यसअघि यस्ता अभ्यासको कमी रहेको औंल्याए। “महत्त्वपूर्ण कानुनी सुधारहरूले सार्वजनिक सेवा प्रवाहलाई सरलीकृत गरेको छ,” प्रधानमन्त्रीले भने, “हालैका कानुनी संशोधनका कारण लाइनमा बसेर होइन, अनलाइनबाटै काम गर्ने प्रचलन बढ्दै गएको छ।” यसले सार्वजनिक सेवामा डिजिटल रूपान्तरणको संकेत गरेको उनको भनाइ थियो।


