तरुण खबर
३१ असार २०८२, मंगलवार ११:२४
काठमाडाैं, ३१ असार । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य सोमबारको मूल्यसँग बराबर हो, जसले सुनको भाउमा स्थिरता कायम भएको देखाउँछ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ। महासंघका अनुसार, चाँदी प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।


