राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त तरुण खबर ३१ असार २०८२, मंगलवार १२:०४
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त

काठमाडाैं, ३१ असार । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

डा. शर्मा यसअघि तत्कालीन सहकारी विकास बोर्डमा सदस्य सचिवको भूमिकामा कार्यरत थिए। प्राधिकरणको अध्यक्ष पदका लागि कुल ६ जनाले आवेदन दिएका थिए।

उक्त पदका लागि गठित सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र डा. शर्मा गरी तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए। तीन योग्य उम्मेदवारमध्ये डा. शर्माले अध्यक्षमा नियुक्ति पाएका हुन्।