सेयर बजारमा मंगलबार उत्साह: नेप्से ३५ अंकले उक्लियो।

सेयर बजारमा मंगलबार उत्साह: नेप्से ३५ अंकले उक्लियो। तरुण खबर ३१ असार २०८२, मंगलवार १५:१०
सेयर बजारमा मंगलबार उत्साह: नेप्से ३५ अंकले उक्लियो।

काठमाडाैं, ३० असार । मंगलबारको सेयर बजारमा लगानीकर्ताहरूका लागि राहतदायक संकेत देखिएको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ३५.५३ अंकले वृद्धि भएर २७६२.२६ विन्दुमा पुगेको छ। नेप्से सूचक १.३० प्रतिशतले उकालो लागेको हो।

सोमबार बजार ५० अंकभन्दा बढीले ओरालो लागेर लगानीकर्तामा निराशा देखिएको भए पनि आजको उकालो यात्राले पुनः उत्साह भरेको छ।

आज कारोबार रकम समेत उल्लेख्यरूपमा वृद्धि भएको छ। कुल ३१७ कम्पनीका २ करोड ३५ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। यस क्रममा कारोबार रकम ९ अर्ब ८ करोड ४५ लाख ३० हजार रुपैयाँ पुगेको छ।

यसको तुलनामा हिजो सोमबार ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार मात्र भएको थियो।