नेपाल बैंकले दियो बिमा दाबीबापतको पाँच लाख रुपैयाँ भुक्तानी

नेपाल बैंकले दियो बिमा दाबीबापतको पाँच लाख रुपैयाँ भुक्तानी तरुण खबर ३२ असार २०८२, बुधबार ०३:११
नेपाल बैंकले दियो बिमा दाबीबापतको पाँच लाख रुपैयाँ भुक्तानी

नेपाल बैंकले बिमा दाबीबापतको पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले थाहा नगरपालिका– १ स्थित श्री झम्केश्वरी माविका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहकसमेत रहेका रघुनन्दन यादवकी पत्नी अमिराकुमारी यादवलाई रकम भुक्तानी गरेको हो ।

यादवको १२ जेठमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । बैंकको कर्मचारी तलब खाताअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा पाँच लाखसम्मको दुर्घटना बिमा पाउन सक्ने व्यवस्था छ । दाबी रकम बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र चिफ फाइनान्स अधिकृत प्रकाश कुमार अधिकारीले  हस्तान्तरण गर्नुभएको हो ।