तरुण खबर
३२ असार २०८२, बुधबार ११:१५
काठमाडाैं, ३२ असार । नेपाली बजारमा साताको चौथो कारोबार दिन बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार २ हजार २ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।


