तरुण खबर
४ श्रावण २०८२, आईतवार ००:३०
यही श्रावण ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरिएको छ त्यसैले उच्च सतर्कता अपनाउन मौसम पूर्वानमान विभाग लगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । यही साल लागेपछि मात्र पनि धेरै स्थान डुबानमा परेका छन् । एक साता अघि रसुवामा आएको बाढीले केरुङ भन्सार कार्यालय व्यपारी व्यवसायीको लगायत अन्यको अरबौं रुपैयाको क्षति भएको थियो ।
तस्बिर : ताजा खबर


