तरुण खबर
४ श्रावण २०८२, आईतवार ००:४६
आईएमई लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यान द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट२०२४” अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड आइएमई लाईफका सिइओ लाई प्रदान गरिएको हो । यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको कम्पनीले जनाएको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।


