एनआइसी बैंकका सञ्चालक रामचन्द्र संघई (सिआइपी)बाट सम्मानित

एनआइसी बैंकका सञ्चालक रामचन्द्र संघई (सिआइपी)बाट सम्मानित तरुण खबर ४ श्रावण २०८२, आईतवार ०१:३१
एनआइसी बैंकका सञ्चालक रामचन्द्र संघई (सिआइपी)बाट सम्मानित

त्रिवेणी ग्रुपका अध्यक्ष एबं एनआइसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघई सरकारले प्रदान गर्ने प्रमुख व्यावसायिक व्यक्ति (सिआइपी)बाट सम्मानित भएका छन् ।

नेपाल सरकारका उद्योग बाणीज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीले एक समारोहबीच संघाइलाई सम्मान गरेका हुन् ।

देशको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै सरकारले उनलाई सम्मान गरेको हो । सरकारले अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महŒवपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरूलाई उक्त सम्मान प्रदान गदै आएको छ ।