तरुण खबर
४ श्रावण २०८२, आईतवार १२:२४
समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्जरमा जाने भएका हुन । मर्जरमा जानका लागि यी दुई कम्पनीले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।
मर्जपछि बन्ने कम्पनीमा समृद्धिका ४ जना र पोखराका ३ जना सञ्चालक समिति सदस्यमा रहने छन् । कम्पनीको अध्यक्षमा भने समृद्धि फाइनान्सको तर्फबाट हुने सहमति भएको छ ।
यस समझदारीले वित्तीय संस्था एउटा सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्वा बन्ने अपेक्षा राखिएको छ ।


