सुनको मूल्यमा ‘जम्प’: तोलाको १ लाख ९३ हजार ७ सय, चाँदी स्थिर

सुनको मूल्यमा ‘जम्प’: तोलाको १ लाख ९३ हजार ७ सय, चाँदी स्थिर तरुण खबर ५ श्रावण २०८२, सोमबार ११:४०
सुनको मूल्यमा ‘जम्प’: तोलाको १ लाख ९३ हजार ७ सय, चाँदी स्थिर

काठमाडाैं, ५ साउन । नेपाली बजारमा सुनको मूल्यमा आज सोमबार फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ।

मूल्य वृद्धिपछि आज छापावाला सुन प्रतितोला रु १ लाख ९३ हजार ७०० मा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य रु १ लाख ९३ हजार ३०० रहेको थियो।

यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला रु २ हजार २८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।