साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्त: नेपालको ‘गर वा मर’ र बंगलादेशको बराबरी रणनीति

साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्त: नेपालको ‘गर वा मर’ र बंगलादेशको बराबरी रणनीति तरुण खबर ५ श्रावण २०८२, सोमबार १२:२०
साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्त: नेपालको ‘गर वा मर’ र बंगलादेशको बराबरी रणनीति

काठमाडाैं, ५ साउन । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि आज (सोमबार) नेपाल र आयोजक बंगलादेश निर्णायक भिडन्तमा उत्रिँदैछन्। ढाकाको बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुने यो खेलले यस संस्करणको च्याम्पियनको छिनोफानो गर्नेछ।

प्रतियोगितामा यो नेपाल र बंगलादेशबीचको दोस्रो भेट हो। यसअघिको भेटमा नेपाल बंगलादेशसँग ३-२ को झिनो अन्तरले पराजित भएको थियो। त्यसयता, नेपालले भुटान र श्रीलंका दुवैलाई पराजित गर्दै १२ अंक जोडेको छ।

बंगलादेश भने प्रतियोगितामा अपराजित रहँदै १५ अंकसहित शीर्ष स्थानमा छ। नेपाललाई च्याम्पियन बन्नका लागि आजको खेलमा जित हासिल गर्नैपर्ने दबाब छ। यदि नेपालले आजको खेल जितेमा दुवै टोलीको अंक बराबर हुनेछ र त्यसपछि गोल अन्तर उपाधिका लागि निर्णायक हुनेछ। हालसम्मको अवस्थामा नेपाल गोल अन्तरमा अगाडि रहेकोले जितले उपाधि सुनिश्चित गर्नेछ। तर, बंगलादेशलाई भने च्याम्पियन बन्नका लागि बराबरी मात्रै पर्याप्त हुनेछ।

आजै दिउँसो २:४५ बजे नेपाली समयअनुसार भुटान र श्रीलंकाबीच पनि खेल हुँदैछ। अंक तालिकामा भुटान ३ अंकसहित तेस्रो स्थानमा छ भने श्रीलंका अंकविहीन हुँदै पुछारमा रहेको छ।