आज संसदमा महत्त्वपूर्ण छलफल: मानव अधिकार, महिला श्रमिक र मिडिया विधेयकमा समिति बैठक

आज संसदमा महत्त्वपूर्ण छलफल: मानव अधिकार, महिला श्रमिक र मिडिया विधेयकमा समिति बैठक तरुण खबर ६ श्रावण २०८२, मंगलवार ११:१४
आज संसदमा महत्त्वपूर्ण छलफल: मानव अधिकार, महिला श्रमिक र मिडिया विधेयकमा समिति बैठक

काठमाडाैं, ६ साउन । संघीय संसदका तीनवटा संसदीय समितिहरूले आज विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गर्ने भएका छन् । संघीय संसद सचिवालयका अनुसार, दिनभरजसो विभिन्न समयमा यी समितिहरूको बैठक बस्ने कार्यतालिका रहेको छ ।

आज दिउँसो १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिले आफ्नो बैठक बस्दैछ । यस बैठकको मुख्य एजेन्डा ‘राष्ट्रिय मानव अधिकार आयोगसँग विश्वव्यापी आवधिक समीक्षा (Universal Periodic Review) सम्बन्धमा छलफल’ गर्ने रहेको छ । मानव अधिकारको अवस्था र त्यसको समीक्षाका लागि यो छलफल महत्त्वपूर्ण मानिएको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिले बिहान ११:३० बजे आफ्नो बैठक डाकेको छ । यस बैठकमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गरिनेछ । विदेशमा कार्यरत नेपाली महिला श्रमिकहरूले भोग्नुपरेका समस्या र उनीहरूको अवस्था सुधारका लागि आवश्यक कदमबारे समितिले सरोकारवालासँग छलफल गर्नेछ ।

दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । यस बैठकको एजेन्डा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने रहेको संघीय संसद सचिवालयले जनाएको छ । मिडिया काउन्सिल विधेयकमाथि परेका संशोधन प्रस्तावहरूमाथि छलफल गरी विधेयकलाई अन्तिम रूप दिने प्रयास गरिनेछ ।