राष्ट्र बैंकद्वारा बुधबारको विदेशी विनिमय दर सार्वजनिक

राष्ट्र बैंकद्वारा बुधबारको विदेशी विनिमय दर सार्वजनिक तरुण खबर ७ श्रावण २०८२, बुधबार ११:३१
राष्ट्र बैंकद्वारा बुधबारको विदेशी विनिमय दर सार्वजनिक

काठमाडाैं, ७ साउन । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार, आज एक अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ९० पैसा र बिक्री दर १३८ रुपैयाँ ५० पैसा तोकिएको छ।

युरोपेली युरोको खरिद दर १६१ रुपैयाँ ३० पैसा र बिक्री दर १६२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८५ रुपैयाँ ८५ पैसा र बिक्री दर १८६ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्कको खरिद दर १७२ रुपैयाँ ९८ पैसा र बिक्री दर १७३ रुपैयाँ ७३ पैसा कायम भएको छ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९० रुपैयाँ २१ पैसा, क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ ८१ पैसा र बिक्री दर १०१ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलरको खरिद दर १०७ रुपैयाँ ५९ पैसा र बिक्री दर १०८ रुपैयाँ ०६ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्राहरूमा, १० जापानी येनको खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा, एक चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ २२ पैसा र बिक्री दर १९ रुपैयाँ ३० पैसा, एक साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा, र एक कतारी रियालको खरिद दर ३७ रुपैयाँ ८३ पैसा र बिक्री दर ३८ रुपैयाँ रहेको छ।

केन्द्रीय बैंकका अनुसार, एक थाई भाटको खरिद दर ४ रुपैयाँ २७ पैसा र बिक्री दर ४ रुपैयाँ २९ पैसा, एक यूएई दिरामको खरिद दर ३७ रुपैयाँ ५४ पैसा र बिक्री दर ३७ रुपैयाँ ७१ पैसा, एक मलेसियन रिङ्गिटको खरिद दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा, १०० दक्षिण कोरियाली वनको खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ।

साथै, एक स्वीडिश क्रोनरको खरिद दर १४ रुपैयाँ ३८ पैसा र बिक्री दर १४ रुपैयाँ ४४ पैसा, एक डेनिस क्रोनरको खरिद दर २१ रुपैयाँ ६१ पैसा र बिक्री दर २१ रुपैयाँ ७० पैसा, एक हङकङ डलरको खरिद दर १७ रुपैयाँ ५७ पैसा र बिक्री दर १७ रुपैयाँ ६४ पैसा, एक कुवेती दिनारको खरिद दर ४५१ रुपैयाँ ५८ पैसा र बिक्री दर ४५३ रुपैयाँ ५५ पैसा, एक बहराइनी दिनारको खरिद दर ३६५ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६७ रुपैयाँ ३७ पैसा, र एक ओमानी रियालको खरिद दर ३५८ रुपैयाँ १७ पैसा र बिक्री दर ३५९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।