तरुण खबर
७ श्रावण २०८२, बुधबार १५:१२
काठमाडाैं, ७ साउन । लामो समयदेखि सेयर नभएका वा पाँच वर्षसम्म नवीकरण नगरिएका सेयर कारोबारका लागि खोलिएका डिम्याट खाताहरू अब बन्द गरिने भएका छन्। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको नयाँ नीतिमा निष्क्रिय खाता व्यवस्थापनलाई कडाइ गर्ने यो प्रावधान समावेश गरिएको छ।
बोर्डका अनुसार, यस्ता निष्क्रिय खाता बन्द गर्दा नवीकरण शुल्क असुल गर्न नसकिएमा छुट दिइनेछ। यदि शुल्क असुल गरिएको छ भने, त्यो शुल्क सीधै सीडीएससीमा बुझाउने व्यवस्था लागू गरिनेछ।


