आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुवेती दिनारको दर सबैभन्दा उच्च

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुवेती दिनारको दर सबैभन्दा उच्च तरुण खबर ८ श्रावण २०८२, बिहीबार ११:१७
आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुवेती दिनारको दर सबैभन्दा उच्च

काठमाडाैं, ८ साउन । नेपाल राष्ट्र बैंकले आज साउन ८ गते (२०२५ जुलाई २४) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको दर अनुसार आज सबैभन्दा महँगो विनिमय दर कुवेती दिनारको देखिएको छ जसको खरिद दर ४५२ रुपैयाँ ११ पैसा र बिक्री दर ४५४ रुपैयाँ ७० पैसा तोकिएको छ।

यसबाहेक, अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ९६ पैसा र बिक्री दर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ भने युरोपियन यूरोको खरिद दर १६१ रुपैयाँ ७८ पैसा र बिक्री दर १६२ रुपैयाँ ४८ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ७० पैसा र बिक्री दर १८७ रुपैयाँ ५१ पैसा छ। स्विस फ्र्याङ्कको खरिद दर १७३ रुपैयाँ ८६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ९६ पैसा र बिक्री दर ९१ रुपैयाँ ३५ पैसा, क्यानाडियन डलरको खरिद दर १०१ रुपैयाँ ५६ पैसा र बिक्री दर १०२ रुपैयाँ रहेको छ। सिङ्गापुर डलरको खरिद दर १०८ रुपैयाँ ८ पैसा र बिक्री दर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येनको (१० येन) खरिद दर ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पैसा रहेको छ। चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ २६ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा, साउदी रियालको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियालको खरिद दर ३७ रुपैयाँ ८५ पैसा र बिक्री दर ३८ रुपैयाँ १ पैसा रहेको छ।

थाइ बातको खरिद दर ४ रुपैयाँ २९ पैसा र बिक्री दर ४ रुपैयाँ ३१ पैसा छ। युएई दिरहमको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्री दर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा छ। दक्षिण कोरियन वोन (१०० वोन) को खरिद दर १० रुपैयाँ ३ पैसा र बिक्री दर १० रुपैयाँ ७ पैसा रहेको छ।

स्विडिश क्रोनोरको खरिद दर १४ रुपैयाँ ५१ पैसा र बिक्री दर १४ रुपैयाँ ५७ पैसा, डेनिश क्रोनोरको खरिद दर २१ रुपैयाँ ६७ पैसा र बिक्री दर २१ रुपैयाँ ७७ पैसा छ। हङकङ डलरको खरिद दर १७ रुपैयाँ ५७ पैसा र बिक्री दर १७ रुपैयाँ ६५ पैसा रहेको छ।

ओमानी रियालको खरिद दर ३५८ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५९ रुपैयाँ ८९ पैसा, बहरैनी दिनारको खरिद दर ३६५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६७ रुपैयाँ ५५ पैसा छ। यसैगरी, १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।