प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकोले ल्यायो संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकोले  ल्यायो संस्थापक सेयर बिक्रीमा तरुण खबर ९ श्रावण २०८२, शुक्रबार ०१:३१
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकोले  ल्यायो संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४५ हजार ३४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् ।

उक्त सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट पर्याप्त खरिद आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।