सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा आधा दर्जन निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा आधा दर्जन निर्माण कम्पनी कालोसूचीमा तरुण खबर ९ श्रावण २०८२, शुक्रबार १२:०६
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा आधा दर्जन निर्माण कम्पनी कालोसूचीमा

काठमाडाैं, ९ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसमा आधा दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका यी कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइएको हो।

तीन वर्षका लागि कालोसूचीमा परेको कम्पनीमा वीरगन्जस्थित जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालि रहेको छ।

त्यस्तै, एक वर्षका लागि प्रतिबन्धित सूचीमा परेका अन्य पाँच कम्पनीहरू यस प्रकार छन्: धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी, जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाडौंकै डल्लुस्थित आकाश कन्स्ट्रक्सन र पाल्पाको विपीन कन्स्ट्रक्सन।

कार्यालयका अनुसार, कालोसूचीमा परेका यी कम्पनी तथा आपूर्तिकर्ताहरूले प्रतिबन्धको अवधिभर कुनै पनि सरकारी खरिद प्रक्रियामा सहभागिता जनाउन पाउने छैनन्।