तरुण खबर
११ श्रावण २०८२, आईतवार २३:३३
नेशनल लाईफ इन्स्योरेन्सले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवामा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारीबाट उद्घाटन भएको सो कार्यक्रममा कम्पनीका विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको कम्पनीले जनाएको छ। प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुती भएको थियो। जसमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको सांगितिक प्रस्तुती रहेको कम्पनीले जनाएको छ।


