तरुण खबर
१२ श्रावण २०८२, सोमबार १२:४५
प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको आधुनिक रंगशाला निर्माण गरिने घोषणा गरेका छन्। दशरथ रंगशाला साँघुरो भइरहेको भन्दै सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीहरूसँग छलफल गरिएको र जग्गा प्राप्तिसहितका विषयमा महत्त्वपूर्ण सहमति भएको बताएका छन् ।


