तरुण खबर
१२ श्रावण २०८२, सोमबार १४:४५
काठमाडाैं, १२ साउन । मछिन्द्र क्लब एन्फा यू–१६ युथ लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको हो । मछिन्द्रको जितमा अर्जुनबहादुर कठायतले दुई गोल गरे भने प्रज्ञाना राई, हिमाल थिङ र विकास थापाले एक–एक गोलको योगदान दिए ।
यो शानदार जितसँगै मछिन्द्रले ९ खेलबाट २० अंक बटुल्दै लिगको दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । पराजित आर्मी क्लब भने सोही संख्याको खेलबाट ६ अंकका साथ १२औँ स्थानमा यथावत् छ ।


