नेपाल एयरलाइन्सलाई भारतमा ‘उत्कृष्ट हवाई सेवा प्रदायक’ सम्मान

नेपाल एयरलाइन्सलाई भारतमा ‘उत्कृष्ट हवाई सेवा प्रदायक’ सम्मान तरुण खबर १२ श्रावण २०८२, सोमबार २३:४७
नेपाल एयरलाइन्सलाई भारतमा ‘उत्कृष्ट हवाई सेवा प्रदायक’ सम्मान

काठमाडाैं, १२ साउन । नेपाल एयरलाइन्स कर्पोरेशनले भारतको नयाँ दिल्लीमा आयोजित १०औँ अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन तथा यात्रा पुरस्कार (ITCTA) २०२५ मा “नेपाल मार्गका उत्कृष्ट हवाई सेवा प्रदायक” को रूपमा विशेष सम्मान प्राप्त गरेको छ।

जुलाई २६ मा नयाँ दिल्लीको होटल ल मेरिडियनमा सम्पन्न भएको उक्त कार्यक्रममा ICM समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारतीय सरकारका प्रतिनिधि नासिर असलम बानीले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका हुन्।

यो पुरस्कारले नेपाल एयरलाइन्सको गुणस्तरीय सेवा र नेपाल-भारतबीचको हवाई सम्पर्क सुदृढीकरणमा पुर्‍याएको योगदान लाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ। पछिल्ला वर्षहरूमा नेपाल एयरलाइन्सले सेवा सुधार, समयपालना, र अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा उल्लेखनीय प्रगति गरेको छ।