तरुण खबर
१३ श्रावण २०८२, मंगलवार ०१:४८
वायर तथा केबल उद्योग लिटमस इन्डस्ट्रिजले तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ कार्यक्रम गरेको छ ।
कार्यक्रममा देशभरबाट करिब दुई सयजना डिलर, वितरक तथा च्यानल पार्टनरको उपस्थिति रहेको थियो, जसमा कम्पनीको प्रस्तुति, डिलरसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो ।
लिटमसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धि र भावी योजना प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।


