तरुण खबर
१३ श्रावण २०८२, मंगलवार ११:१२
काठमाडाैं, १३ साउन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ लगायतका प्रमुख मुद्राको खरिदबिक्री दर तोकिएको छ ।
केन्द्रीय बैंकले तोकेको दरअनुसार, एक अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ३७ पैसा र बिक्री दर १३८ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरोको खरिद दर १६१ रुपैयाँ २१ पैसा र बिक्री दर १६१ रुपैयाँ ९१ पैसा तोकिएको छ । त्यस्तै, एक बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १८५ रुपैयाँ ६२ पैसा र बिक्री दर १८६ रुपैयाँ ४३ पैसा रहेको छ । स्विस फ्र्यांक एकको खरिद दर १७२ रुपैयाँ ७० पैसा र बिक्री दर १७३ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३१ पैसा र बिक्री दर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ७८ पैसा र बिक्री दर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिद दर १०७ रुपैयाँ ७२ पैसा र बिक्री दर १०८ रुपैयाँ १९ पैसा रहेको छ ।
जापानी येन (१०) को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३७ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ८९ पैसा र बिक्री दर ३७ रुपैयाँ ०५ पैसा, कतारी रियालको खरिद दर ३७ रुपैयाँ ९६ पैसा र बिक्री दर ३८ रुपैयाँ १२ पैसा तोकिएको छ ।
थाइ भाट एकको खरिद दर चार रुपैयाँ २७ पैसा र बिक्री दर चार रुपैयाँ २९ पैसा, यूएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ६७ पैसा र बिक्री दर ३७ रुपैयाँ ८४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३२ रुपैयाँ ७० पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा, र १०० दक्षिण कोरियन वनको खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा तोकिएको छ ।
स्वीडिश क्रोनरको खरिद दर १४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४ रुपैयाँ ५१ पैसा, तथा डॅनिश क्रोनरको खरिद दर २० रुपैयाँ ६० पैसा र बिक्री दर २० रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ६३ पैसा र बिक्री दर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनारको खरिद दर ४५३ रुपैयाँ २७ पैसा र बिक्री दर ४५५ रुपैयाँ २४ पैसा, बहराइन दिनारको खरिद दर ३६७ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६८ रुपैयाँ ६८ पैसा तोकिएको छ । ओमानी रियालको खरिद दर ३५९ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६० रुपैयाँ ९५ पैसा रहेको छ ।
भारतीय रुपैयाँ (१००) को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।


