सुन घट्यो, चाँदी बढ्यो: आजको बजार दर

सुन घट्यो, चाँदी बढ्यो: आजको बजार दर तरुण खबर १३ श्रावण २०८२, मंगलवार ११:४२
सुन घट्यो, चाँदी बढ्यो: आजको बजार दर

काठमाडाैं, १३ साउन । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार ६०० रुपैयाँ थियो ।

यता, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रति तोला २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँले बढेर २ हजार ३०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।