पार्किङ नीति कडाइ: अब तोकिएको स्थान बाहिर गाडी राख्दा ५ हजारसम्म जरिवाना

पार्किङ नीति कडाइ: अब तोकिएको स्थान बाहिर गाडी राख्दा ५ हजारसम्म जरिवाना तरुण खबर १३ श्रावण २०८२, मंगलवार १३:१४
पार्किङ नीति कडाइ: अब तोकिएको स्थान बाहिर गाडी राख्दा ५ हजारसम्म जरिवाना

काठमाडाैं, १३ साउन । काठमाडौं महानगरपालिकाले पार्किङ व्यवस्थापन कडाइ गर्दै नयाँ शुल्क दर र जरिवाना प्रणाली लागू गरेको छ। आर्थिक ऐन, २०८२ अनुसार साउन १ गतेदेखि लागु भएको नयाँ व्यवस्थाले तोकिएको स्थान बाहिर पार्किङ गरेमा ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ।

पार्किङ शुल्क कस्तो?

महानगरले आफैं सञ्चालन गर्ने पार्किङ स्थलहरूमा पहिलो दुई घण्टा निःशुल्क सुविधा दिने भएको छ। तर दुई घण्टा नाघेपछि पहिलो क्षणदेखि नै शुल्क लाग्ने व्यवस्था गरिएको छ।

  • दुई पाङ्ग्रे सवारी: प्रति ३० मिनेट १५ रुपैयाँ
  • चार पाङ्ग्रे सवारी: प्रति ३० मिनेट २५ रुपैयाँ
  • अपांगता भएका व्यक्तिका सवारी साधन: शुल्क नलाग्ने

निजी क्षेत्र वा अन्य निकायसँगको सहकार्यमा सञ्चालित पार्किङ स्थलहरूमा भने पार्किङ शुल्क सम्झौताअनुसार लाग्नेछ।

जरिवाना कति?

तोकिएको स्थान बाहिर पार्किङ वा अनधिकृत स्थानमा गाडी राख्दा भारी जरिवाना लाग्नेछ:

  • मोटरसाइकल/स्कुटर/तीनपाङ्ग्रे: रु 1,000
  • कार, जीप, डेलिभरी भ्यान: रु 2,500
  • मिनिबस, मिनीट्रक: रु 3,500
  • ठूला सवारी (बस, ट्रक, लहरी आदि): रु 5,000

अन्य कडाइ र प्रदूषणमा जरिवाना

  • बस बिसौनी बाहिर यात्रु चढाउने/ओराल्ने: रु 5,000
  • ध्वनी प्रदूषण: रु 1,000
  • वायु प्रदूषण: रु 1,000
  • बाटोमा माटो, बालुवा वा हिलो खसाउने: रु 50,000 सम्म जरिवाना

महानगरले सवारी पार्किङका लागि मात्र प्रयोग हुने बहुतल्ले पार्किङ भवन निर्माणमा नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट दिने योजना समेत अघि सारेको छ।