राजेन्द्र मल्लले गरे शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

राजेन्द्र मल्लले गरे शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान तरुण खबर १३ श्रावण २०८२, मंगलवार १५:५७
राजेन्द्र मल्लले गरे शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एबं नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले शंकरापूरको भाग्योदय क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका गर्नुभएको छ । उहाले स्वर्गीय माता दिलमाया मल्लको नाममा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

मल्लले आफ्नो नामबाट समेत हरेक वर्ष उक्त क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । स्नातक तहमा अध्ययन गर्ने उच्च अंक प्राप्त गर्ने जेहेन्दार विद्यार्थीहरुलाई विगत लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको र यो आगामी दिनहरूमा पनि कायम रहने बताउनुभएको छ ।

मल्ल उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत हुनुहुन्छ । क्याम्सप स्थापनाका लागि सम्बन्धन लिन तत्कालिन समयमा विश्वविद्यालयलाई बुझाउनुपर्ने ५५ हजार रुपैयाँ मल्ल आफैले दिनुभएको थियो। उक्त क्याम्पसको संस्थापक सदस्यसमेत रहनुभएका मल्लले त्यसपछि ८ वर्ष सो क्याम्पसको अध्यक्ष भएर सेवा गर्नुभएको थियो । शंकरापूर क्षेत्रकै नमूनाका रुपमा रहेको उक्त क्याम्पसमा आईटीको पनि छुट्टै क्लास राख्नका लागि पहल भइरहेको छ’ मल्लले बताउनुभएको छ ।