तरुण खबर
१४ श्रावण २०८२, बुधबार १२:२७
काठमाडाैं, १४ साउन । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। मंगलबार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज एकैदिन १,४०० रुपैयाँ ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रति तोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। महासंघका अनुसार, मंगलबार प्रति तोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१० रुपैयाँ निर्धारण भएको छ।


