तरुण खबर
१४ श्रावण २०८२, बुधबार १२:३७
काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालयका सहसचिव महेश बराल नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा नियुक्त भएका छन्। अर्थमन्त्री विष्णु पौडेल को साउन १२ गतेको मन्त्रीस्तरीय निर्णयले बराललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार, बरालले मंगलबार (साउन १३ गते) बाट कम्पनीको सञ्चालकका रूपमा बहाली गरिसकेका छन्। उनी नेपाल धितोपत्र बोर्डको पनि सञ्चालक हुन्।
कम्पनीले दिएको जानकारीअनुसार, बराललाई साउन १३ गतेदेखि कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम समूह ‘क’ नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक सदस्य पदमा नियुक्ति गरिएको हो।


