एनआईसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठमा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठमा छुट पाउने तरुण खबर १४ श्रावण २०८२, बुधबार १५:५५
एनआईसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठमा छुट पाउने

एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच  बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापछि  बैंकका ग्राहकहरुले लेमन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank)  एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।