तरुण खबर
१५ श्रावण २०८२, बिहीबार १६:४४
काठमाडाैं, १५ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१.५० अंकको गिरावट आएको छ। यससँगै नेप्सेको बजार पुँजीकरण पनि १.०६ प्रतिशतले घटेको छ, जबकि कुल कारोबार रकम १५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
आज कारोबार भएका कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ५२ कम्पनीले मात्रै लाभ कमाएका छन्। सबैभन्दा बढी नाफा कमाउनेमा ट्रेड टावर लिमिटेडका लगानीकर्ताहरू रहेका छन् भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा ठूलो नोक्सानी भोगेका छन्।
बिहीबार वित्त उपसमूहबाहेक अन्य सबै उपसमूहका सूचकहरू रातोमा बन्द भएका छन्। यसले बजारमा समग्रमा नकारात्मक असर परेको देखाउँछ।


