तरुण खबर
१६ श्रावण २०८२, शुक्रबार १२:११
काठमाडाैं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यो समायोजन शुक्रबार मध्यरातदेखि लागू हुनेछ ।
हवाई इन्धनको मूल्यमा पनि वृद्धि भएको छ । आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर १२८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।



