नाइमा एक्सपोमा एथर रिज्टा सार्वजनिक हुने

नाइमा एक्सपोमा एथर रिज्टा सार्वजनिक हुने तरुण खबर १८ श्रावण २०८२, आईतवार ११:४७
नाइमा एक्सपोमा एथर रिज्टा सार्वजनिक हुने

काठमाडाैं, १९ साउन । नेपालमा एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले आफ्नो नयाँ उत्पादन, एथर रिज्टा (Ather Rizta), नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आगामी साउन २१ गते नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपो २०२५ मा पहिलो पटक सार्वजनिक गरिने भएको छ।

भारतमा शहरी मोबिलिटीलाई नयाँ परिभाषा दिएको यो स्कुटर नेपालका परिवारहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। कम्पनीका अनुसार, यसमा उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकैसाथ समावेश गरिएको छ। वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले रिज्टालाई केवल स्कुटर नभएर स्मार्ट मोबिलिटी समाधानको रूपमा प्रस्तुत गरेका छन्।

वैद्यले भने, “एथरको ४५० सिरिजको सफल प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिज्टामार्फत हामी नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहन्छौं।”

एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रङ्गहरूमा उपलब्ध हुनेछ। यसमा शक्तिशाली मोटर, लामो दूरी तय गर्ने ब्याट्री, स्मार्ट कनेक्टिभिटी र पर्याप्त स्टोरेज लगायतका विशेष सुविधाहरू रहनेछन्। नाइमा एक्सपोमा आउने आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन, विस्तृत जानकारी प्राप्त गर्न र बुकिङ गर्न सक्नेछन्। यसको आगमनले नेपाली बजारमा एथरको उपस्थिति थप सशक्त बनाउने र परिवारहरूलाई इलेक्ट्रिक सवारीमा आकर्षित गर्ने कम्पनीको विश्वास छ।