आरएसडीसी लघुवित्तको सीईओमा पौडेल दोस्रो कार्यकालका लागि नियुक्त

आरएसडीसी लघुवित्तको सीईओमा पौडेल दोस्रो कार्यकालका लागि नियुक्त तरुण खबर १८ श्रावण २०८२, आईतवार १३:११
आरएसडीसी लघुवित्तको सीईओमा पौडेल दोस्रो कार्यकालका लागि नियुक्त

काठमाडाैं, १९ साउन । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुवकुमार पौडेल पुनः नियुक्त भएका छन्। कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेलको नयाँ कार्यकाल चार वर्षको हुनेछ र यो साउन १० गतेदेखि लागू हुने कम्पनीले जनाएको छ। सञ्चालक समितिको सोही बैठकबाट पौडेललाई कम्पनी सचिवको जिम्मेवारीमा पनि दोहोर्याइएको छ।