भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै तरुण खबर १८ श्रावण २०८२, आईतवार १५:०८
भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडाैं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा भाग लिन आज मध्यराति तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, तुर्कमेनिस्तान प्रस्थान गर्नुअघि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ। मन्त्रीहरू बैठकका लागि बालुवाटार पुगिसकेका छन् भने प्रधानमन्त्री ओली हाल एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन्।

साउन २० देखि २३ गतेसम्म चल्ने यो सम्मेलनमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरूको हित र विकाससम्बन्धी विषयमा नेपालको धारणा राख्नेछन्। सम्मेलन सम्पन्न भएपछि उनी साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम रहेको छ।