एकैदिन ६५ अंकले घट्यो नेप्से परिसूचक

एकैदिन ६५ अंकले घट्यो नेप्से परिसूचक तरुण खबर १८ श्रावण २०८२, आईतवार १५:१७
एकैदिन ६५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडाैं, १९ साउन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। गत बिहीबार ३१.५० अंकले घटेको नेप्से परिसूचक आज एकैदिन ६५.२० अंकले घटेर २८५७.४३ बिन्दुमा झरेको हो। यो गिरावट २.२३ प्रतिशत हो।

नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि कमी आएको छ। आज ३१९ कम्पनीका ३ करोड २२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम १३ अर्ब ७ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।