तरुण खबर
१९ श्रावण २०८२, सोमबार १२:०२
काठमाडाैं, १९ साउन । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आइतबार एकैदिन ठूलो वृद्धि भएको सुनको मूल्यमा सोमबार पनि सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ। यो मूल्य आइतबारको भन्दा प्रतितोला १०० रुपैयाँले बढी हो, जहाँ सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।


