सामसङका नयाँ फोल्डेबल स्मार्टफोन: ग्यालेक्सी Z Fold 7 र Z Flip 7 को प्रि-अर्डर सुरु

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन: ग्यालेक्सी Z Fold 7 र Z Flip 7 को प्रि-अर्डर सुरु तरुण खबर १९ श्रावण २०८२, सोमबार १२:३१
सामसङका नयाँ फोल्डेबल स्मार्टफोन: ग्यालेक्सी Z Fold 7 र Z Flip 7 को प्रि-अर्डर सुरु

काठमाडाैं, १९ साउन । सामसङ नेपालले आफ्ना दुई नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी Z Fold 7 र ग्यालेक्सी Z Flip 7 को प्रि-अर्डर घोषणा गरेको छ। ग्लोबल अनप्याक्ड कार्यक्रमपश्चात, नेपालमा यी अत्याधुनिक स्मार्टफोनहरूको प्रि-अर्डर साउन २२ गते (अगस्ट ७) देखि साउन २९ गते (अगस्ट १४) सम्म गर्न सकिनेछ।

सामसङले जारी गरेको जानकारी अनुसार, ग्यालेक्सी Z Fold 7 हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजको स्मार्टफोन हो। यसमा ग्यालेक्सी एआई, अत्याधुनिक क्यामेरा प्रविधि र प्रिमियम डिजाइनको संयोजन गरिएको छ। यो डिभाइसले अल्ट्रा-स्मार्टफोनको रूपमा उत्कृष्ट प्रदर्शनका साथै खोल्दा ठूलो र इमर्सिभ डिस्प्लेमार्फत उत्पादकत्व र कार्यक्षमतामा नयाँ आयाम थप्नेछ।

त्यस्तै, ग्यालेक्सी Z Flip 7 लाई दैनिक प्रयोगका लागि डिजाइन गरिएको छ। यो कम्प्याक्ट आकारको भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ। यसमा फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्स विन्डो र स्मार्ट एआई फिचरहरू समावेश छन्। यसको ४.१ इन्चको ठूलो कभर स्क्रिनमा फोन नखोलीकनै धेरै काम गर्न सकिन्छ, जसले प्रयोगकर्ताको जीवनशैलीलाई सहज बनाउँछ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी Z Fold 7 ले फोल्डेबल स्मार्टफोनको विकासलाई नयाँ परिभाषा दिएको छ। यसमा ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र शक्तिशाली फोल्डेबल अनुभव दिनेछ।”

यी स्मार्टफोनहरू नेपालमा २५६ GB भेरियन्टमा उपलब्ध हुनेछन्। प्रि-अर्डर गर्नका लागि https://www.samsungcampaigns.com वेबसाइटमा गएर रु. ५,००० अग्रिम भुक्तानी गर्नुपर्नेछ। प्रि-अर्डर गर्ने ग्राहकले प्राप्त गर्ने OTP (One-Time Password) प्रयोग गरी स्टोरबाट नयाँ फोन प्राप्त गर्न सक्नेछन्।