तरुण खबर
१९ श्रावण २०८२, सोमबार १५:१७
काठमाडाैं, १९ साउन । लगातार तीन दिनसम्म घटेको सेयर बजारमा सोमबार सुधार आएको छ। साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक १६.६५ अंकले बढेर २८७५.५५ विन्दुमा पुगेर रोकिएको छ।
यद्यपि, नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ। आज ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको मात्र कारोबार भएको छ। हिजो आइतबार ३१९ कम्पनीका ३ करोड २२ लाख कित्ता सेयर १३ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको थियो।


