तरुण खबर
२० श्रावण २०८२, मंगलवार ११:५९
काठमाडाैं, २० साउन । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्यमा प्रति तोला १९०० रुपैयाँको ठूलो वृद्धि भएको छ।
यस वृद्धिसँगै छापावाल सुनको भाउ प्रति तोला १ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार छापावाल सुन प्रति तोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो, जुन अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले मात्र बढेको थियो।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ प्रति तोला ३० रुपैयाँले बढेर २ हजार २८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रति तोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।


