तरुण खबर
२१ श्रावण २०८२, बुधबार ११:३०
काठमाडाैं, २१ साउन । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार, युरोपियन युरोको खरिद दर १६१ रुपैयाँ ८४ पैसा र बिक्री दर १६२ रुपैयाँ ५३ पैसा कायम भएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ १४ पैसा र बिक्री दर १८६ रुपैयाँ ९३ पैसा तथा स्विस फ्र्याङ्कको खरिद दर १७३ रुपैयाँ ०३ पैसा र बिक्री दर १७३ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।
अन्य प्रमुख मुद्राहरूमा, एक अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ५५ पैसा र बिक्री दर ९० रुपैयाँ ९४ पैसा, एक क्यानेडियन डलरको खरिद दर १०१ रुपैयाँ ५९ पैसा र बिक्री दर १०२ रुपैयाँ ०३ पैसा, र एक सिंगापुर डलरको खरिद दर १०८ रुपैयाँ ८० पैसा र बिक्री दर १०९ रुपैयाँ २७ पैसा तोकिएको छ।
यसैगरी, १० जापानी येनको खरिद दर ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा, एक चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ५१ पैसा र बिक्री दर १९ रुपैयाँ ५९ पैसा रहेको छ। साथै, एक साउदी अरेबियन रियालको खरिद दर ३७ रुपैयाँ ३७ पैसा र बिक्री दर ३७ रुपैयाँ ५२ पैसा र एक कतारी रियालको खरिद दर ३८ रुपैयाँ ४६ पैसा र बिक्री दर ३८ रुपैयाँ ६३ पैसा रहेको छ।
केन्द्रीय बैंकका अनुसार, एक थाई भाटको खरिद दर ४ रुपैयाँ ३२ पैसा र बिक्री दर ४ रुपैयाँ ३४ पैसा, एक यूएई दिरामको खरिद दर ३८ रुपैयाँ १७ पैसा र बिक्री दर ३८ रुपैयाँ ३३ पैसा तोकिएको छ। एक मलेसियन रिङ्गिटको खरिद दर ३३ रुपैयाँ १६ पैसा र बिक्री दर ३३ रुपैयाँ ३० पैसा, १०० दक्षिण कोरियन वनको खरिद दर १० रुपैयाँ ०८ पैसा र बिक्री दर १० रुपैयाँ १३ पैसा, एक स्विडेनी क्रोनरको खरिद दर १४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४ रुपैयाँ ५४ पैसा, र एक डेनिस क्रोनरको खरिद दर २१ रुपैयाँ ६९ पैसा र बिक्री दर २१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।
साथै, एक हङकङ डलरको खरिद दर १७ रुपैयाँ ८६ पैसा र बिक्री दर १७ रुपैयाँ ९४ पैसा, एक कुवेती दिनारको खरिद दर ४५८ रुपैयाँ ४५ पैसा र बिक्री दर ४६० रुपैयाँ ४१ पैसा, एक बहराइन दिनारको खरिद दर ३७१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३७३ रुपैयाँ ४३ पैसा र एक ओमानी रियालको खरिद दर ३६४ रुपैयाँ १२ पैसा र बिक्री दर ३६५ रुपैयाँ ६७ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले एक सय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।


