सुन र चाँदीको भाउमा फेरबदल: सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुन र चाँदीको भाउमा फेरबदल: सुनको मूल्य घट्यो, चाँदीको बढ्यो तरुण खबर २१ श्रावण २०८२, बुधबार ११:३८
सुन र चाँदीको भाउमा फेरबदल: सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडाैं, २१ साउन । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (मंगलबार) सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।