संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको पत्र

संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको पत्र तरुण खबर २२ श्रावण २०८२, बिहीबार ००:५३
संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको पत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्युआरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो।

मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजानका लागि निर्देशन दिएका थिए। मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए।

यस अन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ।

मन्त्रालयले अस्पतालहरूले मन्त्रालयसमक्ष जनाएको नौ बुँदे प्रतिबद्धता अन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताएको छ।